जापानबाट सोलुदुधकुण्ड नगरप्रमुख शेर्पाको उदघोष ‘सुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने’

काठमाडौं । सोलुदुधकुण्ड नगरपालिकाले शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने भएको छ । जापान भ्रमणमा रहनुभएका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले यस्तो घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार जापान लगयत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरि निर्यात गर्ने Mt. Fuji Springs Inc सँग सोलुदुधकुण्ड नगरपालिकामा विदेशी लगानी मार्फत शुद्ध र गुणस्तरीय पिउने पानी उत्पादन गरी सिंगापुर, मलेसिया, दुबई, साउदी र कतारलगायतका मुलुकमा निर्यात गर्ने सहमति भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका र सोलुखुम्बु जिल्लाको लागि मात्रै नभई देशकै लागि ऐतिहासिक परियोजनाको सुरूवात भएको उहाँको भनाइ छ ।
उहाँले यस परियोजनाले सोलुखुम्बु जिल्लामा प्रविधि, रोजगार, उत्पादन, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै हिमालको पानीलाई ब्रान्डिङ गरी बिश्व बजारमा निर्यात गरि जिल्लाको आर्थिक समृद्धि हासिल गर्ने सोलुदुधकुण्ड नगरपालिकाको सपनालाई साकार पार्ने विश्वाससमेत ब्यक्त गर्नुभएको छ।
‘यो ऐतिहासिक कार्यले मेरो जापानको भ्रमाण अत्यन्तै सफल र उपलब्धिमुलक भएको महसुस भएको छ’ उहाँले आफ्नो फेसबुक वालमा अगाडि लेख्नुहुन्छ ‘यस कार्यको लागि साथ दिनुहुने Mt. Fuji Springs Inc. का अध्यक्ष Mr. Awai Hidero, CEO Mr. Awai Taichiro, सल्लाहकार Mr. Hisashi Ishiguro (Mt. Everest submitter, Legendary Person), निर्देशक Mr. Norihiro Sijizaki, महाप्रबन्धक Mr. Michihisa Kobayashi, मेरी श्रीमती कान्छीमाया शेर्पा, मेरो टिमका सदस्य सन्दिप अधिकारी, समान्तार निर्माणका प्रतिनिधि निरोज थापलिया, र सुवास शाक्यलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’