Logo

थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन हुने, कार्यविधि स्वीकृत


सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान कार्यविधी २०८१ स्वीकृत गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यपालिका बैठकले उक्त कार्यविधी स्वीकृत गरेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

योसँगै स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने पहिलो स्थानीय तह थुलुङ दुधकोशी बन्ने भएको छ । थुलुङ दुधकोशी गाउँपालिका भित्रको भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।

नेपाल मै प्रज्ञा प्रतिष्ठान गठन गरि काम गर्ने स्थानीय तह एकदमै कम रहेको तथ्याङ्क छ । भौतिक पुर्वधारको विकास संगै सामाजिक विकासलाइ उत्तीकै प्रथमिकतामा राखेको थुलुङ दुधकोशीको यो अर्को महत्वपुर्ण कार्यक्रम हुने पालिकाको विश्वास रहेको छ ।

यसैबीच गाउँपालिकाको हिउँदे सभा भोली अर्थात माघ २३ गते बुधबार बस्ने भएको छ ।

प्रकाशित मिति : मंगलवार, २२ माघ २०८१ २०:२५
प्रतिक्रिया दिनुहोस्