Logo

ब्राइट भिजनद्धारा अनुसन्धान तथा विकासका लागि ब्रिस्टल युनिभर्सिटी युकेको १० करोड लगानी सम्झौता पत्रमा हस्ताक्षर


काठमाडौं, २१ चैत्र । ब्राईट भिजन फाउण्डेशनले नेपालको ग्रामिण क्षेत्रको स्वास्थ्य र शिक्षालगायतमा अनुसन्धान तथा विकासको काम गर्नका लागि युकेको ब्रिस्टल युनिभर्सिटीसँग सम्झौता (एमओयू) गरेको छ । फाउण्डेशनसँगको सहकार्यमा ब्रिस्टल युनिभर्सिटीको तर्फबाट आगामी पाँच वर्षका लागि करिब १० करोड रुपैयाँ बराबरको लागतमा कार्यक्रम सञ्चालन गर्ने सम्झौता पत्रमा विहिबार हस्ताक्षर गरिएको फाउण्डेशनका प्रमुख सल्लाहकार चन्द्र बहादुर खालिङले जानकारी दिनुभयो ।

सम्झौताअनुसार ग्रामिण क्षेत्र त्यसमध्ये पनि सोलुखुम्बुको विभिन्न स्थानहरुलाई प्राथमिकतामा राखेर काम गरिने भनाइ उहाँको छ ।

उक्त सम्झौतापत्रमा फाउण्डेशनका फाउण्डर यूवा वैज्ञानिक डा. मिङमार शेर्पा, ब्रिस्टल युनिभर्सिटीका प्राध्यापक डा. जेम्स पोप, नेपाल सरकारका उपसचिव रामदत्त भट्ट, पूर्वाञ्चल विश्वविद्यालयकी प्राध्यापक डा. प्रमिला थापा तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अशोक बुट्यालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि छोटो प्रतिक्रिया दिदै फाउण्डेशनका फाउण्डर यूवा वैज्ञानिक डा. मिङमार शेर्पाले यस महत्वपूर्ण पहलले नेपालमा अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने उक्त कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, ब्राइट भिजन फाउण्डेशनका अध्यक्ष गेल्बु शेर्पालगायतको उपस्थिति रहेको थियो ।

फाउण्डेशनले सामाजिक सेवा गर्ने क्रममा विभिन्न स्थानहरुमा निशुल्क स्वास्थ्य शिविरलगायतको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : बिहीबार, २० चैत्र २०८१ २१:५२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ