Logo

सल्लेरीको सडक रक्षामन्त्री राईद्वारा उद्धघाटन


सोलुखुम्बुः दुरसंचार संस्थान-शिव मन्दिर हुदै सोलुखुम्बु बहुमुखी क्याम्पस जाने  सडकको उद्घाटन गरिएको छ । नेपाल सरकारका माननिय रक्षामन्त्री मानबीर राई तथा प्रधान सेनापति अशोकराज सिग्देलले बिहीवार संयुक्त रुपमा सडकको उद्घाटन गर्नुभएको हो ।

सेनाको कब्जामा रहेको जमिनबाट सडक खोल्नुपर्ने भएकाले सल्लेरीको टेलिकम अगाडीदेखि शिब मन्दिरसम्मको १ सय मिटर जति जेरो पोईन्ट सडकको ट्र्याक ओपनको काम बर्षैदेखि अल्झिएको थियो । अहिले आफै रक्षामन्त्री रहेको अबस्थामा प्रकृया पुरा गरी सो सडक ट्र्याक ओपन र रक्षा मन्त्रालय अन्तर्गतका बजेटबाटै ढलानसमेत सम्पन्न  भएको हो  ।

उक्त सडकको उद्घाटन गर्न रक्षामन्त्री राई, राष्ट्रिय  सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेश सभा सदस्य  बुद्धि कुमार राजभण्डारी, प्रधान सेनापति असोकराज सिग्देल लगायतको उच्चस्तरिय टोली आज सल्लेरी आउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले नेपाली सेनाको मातहतको जग्गाबाट  सडक निर्माणपछि  हजारौ जनताको  दैनिकीमा सहजता प्राप्त भएको बताउनु भयो । सामाजिक संजालमा स्टन्डबाजी भन्दा  बिकाश निर्माणमा जोड दिन स्थानीय जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभयो ।

यो सडक सल्लेरी देखि माथिल्लो क्षेत्रका लागि अत्यन्तै महत्वपुर्ण सडक हो ।   लामो समयसम्म पनि उक्त सडक खुल्न नसक्दा समस्यामा रहेका स्थानियहरुलाई अहिले भने राहत मिलेको छ ।

प्रकाशित मिति : बुधबार, ११ असार २०८२ १३:१४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ