Logo

दीगो विकासका लागि जग हाल्ने काम भइरहेको छः अध्यक्ष असिम राई


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले हरेक क्षेत्रमा दीगो विकासका लागि जग हाल्ने काम गरिरहेको बताउनुभएको छ । दुधकोशी युवा क्लबको आयोजनामा संचालित खुल्ला पुरुष फुटबल प्रतियोगिता एवं साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले सो कुरा बताउनुभएको हो ।

स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिई अगाडी बढाउँदै उहाँले दुधकाशी सामुदायिक अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको र बुह प्राविधिक शिक्षालय स्थापना गरेको बताउनुभयो ।

वडा नं ४ जुबुस्थित जनकल्याण माध्यमिक विद्यालयको प्रांगनमा आयोजित ५ दिने फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । खेलमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश १ लाख १ हजार १ सय ११, ७५ हजार १ सय ११, ३५ हजार १ सय ११ र १० हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सविता राई, दुधकोशी युवा क्लबका अध्यक्ष किरण काजी भुजेल, समाजसेवी बलराम गुरुङ तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बुधबार, २६ फाल्गुन २०७७ २३:४१

Archives

प्रतिक्रिया दिनुहोस्