Logo

संघीयता निजी क्षेत्रलाई महंगो भयो : हरिभक्त शर्मा


अर्थतन्त्र समस्याग्रस्त हुँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रलाई पर्छ । नेपालमा व्यवसायिक वातावरण नभएको र सरकारी नीति नियमले स्वदेशी उद्योगीलाई संरक्षण नगरेको गुनासो निजी क्षेत्रले पहिल्यैदेखि गर्ने गरेको छ ।

विगतमा माओवादी जनयुद्ध र लोडसेडिङले स्वदेशी उद्योगहरु धराशायी बनायो । अहिले दुवै समाधान भएर राहत मिलेको छ, तर पनि उद्योगधन्दाहरु माथि उठ्न सकेका छैनन् । यसले गर्दा स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन र युवाहरु विदेश पलायन हुने क्रम जारी छ ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा नेपालमा संघीय प्रणाली लागू भएपछि निजी क्षेत्रलाई झन् चुनाैती बढेको बताउँछन् । देशको अर्थतन्त्र उकास्न बलियो सरकारले ‘अप्रिय निर्णय’ लिन सक्नुपर्ने उनको मत छ ।

शर्मासँग अनलाइनखबरका लागि रवीन्द्र घिमिरेले गरेको कुराकानीः

लामो राजनीतिक संक्रमणपछि देशमा स्थिर सरकार बन्यो, तर अर्थतन्त्रमा सुधार देखिएन । सरकारको काम गराईलाई कसरी विश्लेषण गर्नुभएको छ ?

बलियो सरकारबाट दीर्घकालीन नीति आउने, कार्यान्वयन हुने र त्यसको निरन्तरता रहने निजी क्षेत्रको अपेक्षा थियो । त्यो अपेक्षाअनुरुप हामीले सरकारको समृद्धिको उद्देश्य कसरी पूरा गर्ने, विकास कसरी गर्न सकिन्छ, अर्थतन्त्र कसरी अघि बढ्न सक्छ भनेर सुझाव दिएका थियौं ।

नेपाल पछि परेको उत्पादनशील क्षेत्रमा न्युन लगानी भएर, विज्ञान–प्रविधिको प्रयोग कम भएर अनि उद्यम गर्ने क्षमता र भावना भएका व्यक्तिहरुको जमात नभएर हो । हामी यी चिजमा पछाडि थियौं, अहिले पनि धेरै पछाडि नै छौं । नेपाली समाजमा आफ्नै काम, व्यवसाय गरेर, विज्ञान र प्रविधि प्रयोग गरेर माथि जान्छौं भन्ने मान्छेको जमात धेरै कम छ ।

प्रकाशित मिति : सोमबार, २८ पुष २०७६ १५:४४
प्रतिक्रिया दिनुहोस्