Logo

अन्नपूर्ण क्षेत्रमा हराएका ५ विदेशी र १ नेपालीको सकुशल उद्धार गरेर ब्यम्बो ल्याइयो


File Picture

काठमाडौं, ३ माघ । भारी हिमपातका कारण अन्नपूर्ण क्षेत्रमा सम्पर्क विहिन भएका १ नेपाली र ५ जना विदेशी पर्यटकलाई सकुशल उद्दार गरिएको छ ।

‘माथिबाट भरखरै नयाँ खबर आएको छ’ ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)की महासचिव सरिता लामाले शिखरपोष्टलाई टेलिफोनबाट भन्नुभयो ‘प्राप्त जानकारीअनुसार हिमालयबाट १ नेपाली र ५ विदेशी पर्यटकसहित जम्मा छ जनाको सकुशल उद्दार गरिएको छ ।’ उनिहरुलाई एक्याप तथा पोखराबाट गएको टोलीले उद्दार गरेको बुझिएको छ ।

महासचिव लामाकाअनुसार उनीहरुलाई उद्दार गरेर ब्यम्बो भन्ने ठाउँमा ल्याइएको छ ।

अत्याधिक हिमपातका कारण अन्नपूर्ण बेसक्याम्प भन्दा केही तल पर्ने देउराली भन्ने ठाउँबाट ट्रेकिङ गएका विदेशी तथा नेपालीहरु हराएका थिए । त्यस क्षेत्रमा अरुपनि सम्पर्क विहिन छन् कि छैनन् भन्ने विषयमा अझै स्पष्ट जानकारी आउन बाँकी छ ।

हराएकाहरूको खोजीका लागि पोखराबाट गएको टोली खटिरहेको जनाइएको छ । भारी हिमपात र वर्षाका कारण यससम्बन्धमा बिहानसम्ममा मात्र पूर्ण जानकारी प्राप्त गर्न सकिने महासचिव लामाले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, ३ माघ २०७६ २१:१९
प्रतिक्रिया दिनुहोस्