Logo

जनसाँस्कृतिक महासंघ, सोलुखुम्बुको इन्चार्जको जिम्मेवारी गणेशकुमार राईलाई


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन जनसाँस्कृतिक महासंघ नेपाल, सोलुखुम्बु जिल्ला ईन्चार्जको जिम्मेवारी गणेशकुमार राई (बसन्त)लाई दिइएको छ । पूर्व एमाले र पूर्व माओवादीनिकटको संगठन एकतापछि जनसाँस्कृतिक महासंघ नेपाल बनेको हो ।

राई पूर्व माओवादी निकट जनकलाकार हुन् । उनले जनयुद्धकालमा तत्कालिन सामना परिवारमा रहेर लामो समय काम गरेका थिए । उनी पछिल्लो समय पत्रकारिता सँगसँगै खोज तथा लेखन क्षेत्रमा आफुलाई अगाडि बढाइरहेका छन् ।

त्यस्तै महासंघको सोलुखुम्बु जिल्ला संयोजकमा विशेष राई र सहसंयोजकमा सूर्य कुमारी सुनुवारलाई चयन गरिएको छ ।

प्रकाशित मिति : सोमबार, १९ फाल्गुन २०७६ १९:१५
प्रतिक्रिया दिनुहोस्