Logo

माप्य खुम्बु मितेरी मोटरेबल पुलको भव्य रुपमा उद्घाटन


माप्य खुम्बु मितेरी मोटरेबल पुलको भव्य रुपमा उद्घाटन गरिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शनिबार सो पुलको औपचारिक उद्घाटन गर्नुभएको हो । ओर्लाङघाटमा अवस्थित पुलमा रिबन काटेपछि जुभिङ माविमा आयोजित विशेष समारोहबीच पुलको उद्घाटन गरिएको थियो ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको सभापतित्व तथा मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघीय सांसद हेमकुमार राई (सुरबीर), प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्रबहादुर आङबो, प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख बीरकुमार राई, प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाही, सोलुखुम्बु जिल्लाका डिएसपी टेकुनन्द इवा लिम्बु, नेकपा जिल्ला अध्यक्ष मानबीर राई, सचिव कज्र्याङ शेर्पा, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, खुम्बु पासाङल्हामु गाउँपालिकाकी कार्यबहाक अध्यक्ष टसील्हामु शेर्पा, सोलु दुधकुण्ड नगरपालिका उपप्रमुख कल्पना राई, माप्य दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगरलगायत जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

४८ मिटर लम्बाई र ६ मिटर चौडाईको पुल जलप नेपालले टेण्डर मार्फत ७ करोड २९ लाख ९७ हजार २ सयमा काम सम्पन्न गरेको हो । जसमा भ्याटसहित जोड्दा पुलको लगानी जम्मा ८ करोड २४ लाख ६ हजार ८३६ रुपैयाँ पुग्छ । ५५ टनको क्षमता रहेको पुल निर्माणमा संघीय सांसद कोष मार्फत १ करोड, प्रदेश १ सरकारबाट २ करोड, बाँकी माप्य दुधकोशी गाउँपालिका र खुम्बुपासाङल्हामु गाउँपालिकाले लगानी गरेको हो ।

सो पुलबाट माथि थामडाँडासम्म सडकको ट्र्याक सञ्चालनमा आएको छ । त्यसमाथि पर्यटकीय स्थल लुक्लासम्म यसै आर्थिक बर्षभित्र सडकको ट्रयाक पुर्‍याउने लक्ष्य राखिएको छ । २०७५ साल पौस १५ गते दुधकोशी नदीमा स्काभेटर तारिएको थियो । त्यसै वर्षको चैत्र १९ गते ८ मिटर चौडाईको सडक ट्याक खरिखोला पुग्यो । खुम्बुलाई पहिलो पटक सडक सञ्जालले जोडेको त्यही दिन हो । पुलदेखि २५ किलोमिटर सडक ट्याक ओपन भएर थामडाँडासम्म पुगेको हो भने अब खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्रसम्म पुग्न २४ किलोमिटर बाँकी रहेको छ ।

मौसमी अवस्थामा भर पर्नुपर्ने हवाईसेवाको विकल्पमा अव यो सडकमार्गले खुम्बु क्षेत्रको स्थानीय तथा त्यहाँ पुग्ने लाखौं पर्यटक लाभान्वित हुने भएका छन् । महङ्गो मूल्य तिरेर हवाई ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने सोलुखुम्बुकै तल्लो भेग र ओखलढुंगा लगायत अन्य जिल्लाबाट समेत तरकारी तथा खाद्यान्य लगायतका सामाग्रीहरु ढुवानी गर्न अब सहज भएको छ । दुधकोशी नदीमाथि निर्मित सो पुल सडकमार्गबाट टाढै रहेको खुम्बु क्षेत्रको लाईफलाईन बनेको छ ।

मुख्यमन्त्री राईले यो पुललाई प्रदेशकै नमुना पुलको रुपमा घोषणा गर्नुभएको थियो भने कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यो मोटरेबल पुलले दुईटा गाउँपालिकालाई जोड्ने काममात्रै नभएर त्यस क्षेत्रको जनजिवन सहज बनाउनुका साथै अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण टेवा पुग्ने बताएका थिए । छोटो समयावधिभित्र विभिन्न चुनौतिहरुको बीचमा विकासको नयाँ मोडेलअनुसार पुल निर्माणको काम सम्पन्न भएकोले यसबाट नयाँ सन्देश प्रवाह हुने तर्क उनीहरुको थियो ।

यसैबीच, पुल निर्माणको काममा योगदान गरेको भन्दै खुम्बु पासाङल्हामु गाउँपालिका, जलप नेपालका प्रमुख तारा पौडेल र बीआर कन्स्टक्सनका प्रमुख भक्त राईलाई सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : आईतवार, ७ मंसिर २०७७ ०९:१४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ