Logo

माप्य दुधकोशीमा माउन्टेशन शेर्पा फाउन्डेशनको तीन दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न


सोलुखुम्बु – माउन्टेशन शेर्पा फाउन्डेशनले सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको केन्द्र खास्तापमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको छ । तीन दिने शिविरबाट ५६० जना नागरिकहरु लाभान्वित भएको माउन्टेशन शेर्पा फाउन्डेशनका अध्यक्ष पासाङ शेर्पा ‘पिनासा’ले जानकारी दिए ।

ग्रामिण भेगका नागरिकहरुको स्वास्थ्य सेवा सेवालाई लक्षित गर्दै सुरु गरिएको सोही प्रकृतिको स्वास्थ्य शिविर जिल्लाको अन्य पालिकाहरुमा पनि सञ्चालन गरिने अध्यक्ष शेर्पाले बताएका छन् ।

शेर्पा सपोर्ट फाउन्डेसन अमेरिकाको सहयोग तथा पालिकाको सहयोगमा गत सोमबारदेखि बुधबारसम्म गाउँपालिका प्राथमिक अस्पताल, खास्तापमा चलेको शिविरमा १५० जना महिलाले स्त्री रोग सम्बन्धीका सेवा लिएका छन् । त्यस्तै २०३ जनाले दन्त सेवा, ५७ जनाले हार्ड जोर्नी तथा नशा सम्बन्धीका सेवा र बाँकीले सामान्य चिकित्सा सेवा लिएका छन् ।

काठमाण्डौबाट ल्याइएका विशेषज्ञसहितको ७ जना चिकित्सकहरुको टोलीबाट प्रदान गरिएको स्वास्थ्य सेवामा आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको फाउन्डेसनले जनाएको छ ।

शिबिरमा अध्यक्ष शेर्पासँगै माप्य दुशकोशी गाउँपालिकाका उपाध्यक्ष गौरब राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादबलगायतको प्रत्यक्ष सहभागीता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, १४ मंसिर २०७९ २२:२२
प्रतिक्रिया दिनुहोस्