Logo

जिम्मेवार र सशक्त ढंगले प्रस्तुत हुने सांसद राईको प्रतिबद्धता


सोलुखुम्बु ।प्रतिनिधि सभा सदस्यका रुपमा शपथग्रहणपछि सांसद मानवीर राईले जिल्लाको समग्र बिकासको लागि जिम्मेवार र सशक्त ढंगले प्रस्तुत हुने प्रतिबद्दता जनाउनुभएको छ । राईले बिहीबार संसद भवनमा शपथग्रहणपछि सो प्रतिबद्दता जनाउनुभएको हो ।

जिल्लाको बाँकी सडकलगायतका पूर्वधार निर्माणसँगै कृषि, हाइड्रो र पर्यटन बिकासमा जोड दिने उहाँले बताउनुभएको छ ।

राई सोलुखुम्बु जिल्लाबाट नेकपा एमालेको तर्फबाट निर्बाचित सांसद हुन् । माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, ठुलोढुंगामा जन्मिनुभएका उहाँ सिङ्गो खालिङ समुदायको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने पहिलो जनप्रतिनिधि पनि हुनुहुन्छ ।

प्रकाशित मिति : शुक्रबार, ८ पुष २०७९ ०४:५९
प्रतिक्रिया दिनुहोस्