सोलुदुधकुण्ड नगरपालिकाद्वारा कोरियाली कम्पनीसँग औपचारिक सम्झौता
सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले मौसमी कामदार पठाउन दक्षिण कोरियामको एक कम्पनीसँग सम्झौता गरेको छ । नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले कोरियाली कम्पनी दोङबाङ डिएस सिस्टम लिमिटेडसँग बुधबार सम्झौता गर्नुभएको हो ।
काठमाडौँमा कम्पनीका सिइओ र नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले मौसमी कामदार कोरिया पठाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । मौसमी कामदारमा कोरिया जानका लागि कामदार नगरपालिका भित्रका हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
उक्त सम्मझौताले स्थानीय कृषि क्षेत्रको विकास गर्न साथै आर्थिक वृद्धि गर्नका लागि यसले ठुलो सघाउ पुराउने नगर प्रमुख शेर्पाको विश्वास छ ।
कामदारले कोरियामा भएका कृषिका केहि नयाँ प्रविधिहरु र सिपलाई, फर्किएर आफनै ठाँउमा उतार्ण सकिने उहाँको भनाई छ । यहाँबाट गएका कामदारले कोरियामा ८ महिना काम गर्न पाउने जनाइएको छ ।