Logo

सोलुदुधकुण्ड नगरपालिकामा दुधकोशी पर्यटन सहकारीको अन्तरक्रिया


सोलुखुम्बु – दुधकोशी पर्यटन सहकारी संस्था लिमिटेडले सोलुखुम्बुको सोलुदुधकुण्डमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दुधकोशी पर्यटन सहकारी संस्था लिमिटेड तथा साना किसान विकास लगुवित्त वित्तीय संस्था लिमिटेटको समन्वयमा शनिवार सल्लेरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङले सहकारी संस्था सबैको साझा सम्पत्ति भएकाले यसको संक्षण र सम्बर्धनमा जुट्नुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा यस संस्थाका गतिबिधिहरुसँगै बजारमा नकारात्मक हल्लाले सहकारी संस्थालाई प्रत्यक्ष प्रभाव पारिरहेकाले यसलाई कसरी सामाधान गर्ने तथा सस्थामा लगानी गर्दा लगानीकर्ताले पाउने सेवा सबिधालगायत्को बारेमा छलफल भएको थियो ।

छलफलमा उठेका बिषयहरुमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष मंगल सिङ तामाङले लगानी कर्ताहरुको लगानी सुरक्षाका लागि संञ्चालक समिति गम्भिर रहेको जिकिर गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, १७ चैत्र २०८० २१:२५
प्रतिक्रिया दिनुहोस्