Logo

जुभिङघाटमा निर्माणाधीन खुम्बु जोड्ने मोटरेबल पुलको काम अभिलम्ब सुचारु गर्न नगरप्रमुख शेर्पाको निर्देशन


सोलुखुम्बु । सोलुखुम्बुको जुभिङघाटमा निर्माणाधीन खुम्बु जोड्ने मोटरेबल पुलको निर्माण कार्य आगामी दुई महिनाभित्र सक्न सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

हिउँपोखरी फुटेर दुधकोशीमा आएको बाढीले ओर्लाङघाटमा रहेको माप्य खुम्बु मितेरी मोटरेबल पुल भत्काए पछि मेयर शेर्पाले जुभीङघाटमा निर्माण भइरहेको पक्की मोटरेबल पुल निर्माण कार्य यथाशिघ्र सुचारु गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

महादेव खिम्ती हिराचन जेभीले निर्माणको जिम्मा पाएको पुल सोलु–दूधकुण्ड नगरपालिका– १ टाक्सिन्दु र माप्य दूधकोसी गाउँपालिका– १ जुभिङलाई जोड्ने गरि निर्माण हुँदैछ ।

खुम्बुसँगको सिधा सडक सम्पर्क टुटेकाले निर्माणाधिन रुपमा रहेको पुलको निर्माण कार्य एक/दुई दिनभित्रै थाल्न निर्माण कम्पनीलाई ताकेता गरेको उहाँले बताउनुभयो । वर्षातको समयका कारण देखाउँदै निर्माण कम्पनीले गत महिना देखि निर्माण कार्य थाँती राखेको थियो ।

पुलको ढलान कार्य सकिएसकेको छ भने वारपार सडकसंग फिलिङ गर्ने लगायत केही सहायक कामहरु बाँकी छन् । तर पर्यटकीय सिजन समेत सुरु हुन लागिसकेकाले खुम्बु सडक संजालबाट विच्छेद भएको अवस्थालाई पुल निर्माण सम्पन्न गरि सहयोग गर्न लागेको नगरप्रमुख शेर्पाको भनाई छ ।

दुधकोशी नदीमा आएको बाढीले ओर्लाङघाटमा रहेको ट्रस्ट ब्रिज भत्काएर नदीमा भसाइदिएको छ । जसका कारण खुम्बुसंगको सडक यातायात तत्कालका लागि टुटेको छ ।

प्रकाशित मिति : शनिबार, १ भाद्र २०८१ २१:४९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ