Logo

रक्षामन्त्री राईद्वारा ‘मज्जति’ पुस्तक लोकार्पण


काठमाडौं । समाजसेवी राधादेवी राई (मज्जति)को जीवनीमा आधारित पुस्तक ‘मज्जति’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न जिमी राई उत्थान समाज सोलुको २६औं वार्षिक उत्सव तथा साधारण सभा समारोहका बीच रक्षामन्त्री मानवीर राईले सो पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकको मुख्य पात्र राधादेवी राई उर्फ मज्जति समाजको सल्लाहकार तथा अक्षयकोष दाता पनि हुन् ।

पुस्तक लोकार्पण गरेपछि बोल्दै रक्षामन्त्री राईले मज्जतिकी पात्र मज्जतिको बाल्यकाल, संघर्ष र सफलतासँगै समाजको लागि उनीले गरिरहेको योग्दानको गहिरो चर्चा गरे ।

एक अर्को प्रसङ्गमा मन्त्री राईले आफु किराती भएकोमा गर्व लागेको बताए । किरात सभ्यता मानव जीवनकै उत्कृष्ट सभ्यता भएको भन्दै उनले सो कुरा बताएका हुन् ।

‘किराती हुनुमा मलाई गर्व छ’, मन्त्री राईले भने ‘किरात जाति होइन, सभ्यता हो । दुःख पाईयो भने किरातीसँग संगत गर्नु भन्ने गाँउघरमा भनाई छ । किरातीहरूले अन्य समुदायका मानिसलाई संरक्षण गर्छ, सहयोग गर्छन्, यो मैले भनेको होइन किरातीसँग संगत गरेका गैर किरातीहरूले भनेका हुन् ।’

जिमी राई उत्थान समाज विसुद्ध सामाजिक संस्था भएको उल्लेख गर्दै उनले समुदायको लागि गरिरहेको कार्य प्रसंशनीय रहेको बताए । ‘जिमी राई सँस्था देश विदेशका जिमी र गैरजिमीको सहयोगले अहिलेसम्म टिकीरहेको हो’ मन्त्री राईले थपे, ‘झनै यो संस्थाको अध्यक्ष स्थापना कालदेखि सदाबहार रुपमा लागिपरेकाले दिन प्रतिदिन संस्थाको ओज बढेको छ । जिमी राई गठन हुँदा हामीलाई जातिय आरोप लाग्यो । तर, यो सँस्था स्थापनाकालदेखि अहिलेसम्म विशुद्ध सामाजिक सँस्थाको रुपमा राम्रो छबि बनाएको छ । यो विषय त मलाई भन्दा तपाईहरुलाई धेरै थाहा छ ।’

संस्थाका अध्यक्ष यामबहादुर राईको योगदानबारे चर्चा गर्दै उनले भने ‘यस्तो योगदान गर्ने संस्थाको अध्यक्षले कुनै दिन विदा लिदा केले विदाई गर्ने हो त्यो बारेमा मलाई चिन्ता लागेको छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष यसबहादुर राईले विभिन्न समयमा पुरस्कृत भएपछि आफ्नो दायित्व सम्झेर सँस्थालाई सहयोग गर्नुपर्ने बताए ।

‘हामीले सँस्थाबाट विभिन्न विधामा पुरस्कार र सम्मान गरेका छौं । तर, पुरस्कार र सम्मान पाउने व्यक्तिहरु संस्थाको पछिल्लो कार्यक्रममा खोज्नु नपरोस् । कार्यक्रम हुने खबर पाएपछि आफै आउनुपर्छ’ उनले भने, ‘एक पटक सम्मान र पुरस्कार पाएपछि अब त संस्थाबाट मैले लिने केहि छैन किन आउनु र ? भन्ने भावनाले होकी उहाँहरु आउनुहुन्न । अबको दिनमा त्यस्तो नहोस् ।’

सल्लेरीमा बन्दै गरेको बहुउद्देश्यीय भवन सबैका लागि भएको भन्दै उनले जिल्लामा बसोबास गर्नुहुने सबै किराती समुदायले आफूले सकेको आर्थिक तथा भौतिक सहयोग गर्नका लागि आग्रहसमेत गरे ।

किरात खालिङ राईका केन्द्रीय अध्यक्ष बलबहादुर खालिङले किरात समुदायको हक अधिकार प्राप्तिका लागि ठोस बहस हुनुपर्नेमा जोड दिए । विभिन्न बहसहरू सिजनेबल रूपमा मात्रै गर्ने गरेकाले अबका दिनमा सदाबहार रूपमा बहस गर्नुपर्ने उनले बताए ।

‘खालिङ संस्था जिमी राईसँग सहकार्य गर्न सदा तयार रहेको छ, अध्यक्ष खालिङले भने, ‘सोलुखुम्बुमा रहेका बाहिङ, कुलुङ, थुलुङ, खालिङ र नाछिरिङको भाषा, सँस्कार र सँस्कृतिमा जिमी राईले जोड दिनुपर्छ । अनिमात्रै हाम्रो साझा संस्थाको रुपमा जिमी राई उत्थान समाज स्थापित हुन्छ ।’

सोही अवसरमा समाजको नियमित प्रकाशन प्रबाह मुखपत्र सार्वजनिक गर्नुका साथै विभिन्न विधागत सम्मान तथा पुरस्कार वितरण गरिएको छ । समाजले यस वर्ष पत्रकारिता विधाबाट सोनी राई, कला विधाबाट शिवकुमार राई र उधमी विधाबाट पार्वती राईलाई सम्मानित गरेको छ ।

 

प्रकाशित मिति : शनिबार, २२ भाद्र २०८१ २२:३५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ