Logo

कांग्रेस सोलुखुम्बुले १०० दिने राष्ट्रिय अभियानका लागि तोक्यो जिल्ला प्रतिनिधी



सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले १०० दिनको राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि जिल्ला प्रतिनिधी तोकेको छ । पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यतामा गत मंसिर ३ गते बसेको जिल्ला कार्यसमिति बैठकले आठवटै  स्थानीय तहका लागि जिल्ला प्रतिनिधी तोकेको हो ।

यहि मंसिर २५ देखि पुस १६ गतेभित्र अभियानलाई सम्पन्न गर्नेगरी जिम्मेवारी तोकिएको नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार नेचासल्यान गाउँपालिकाका लागि कृष्णप्रसाद निरौला, थुलुङ दुधकोशी गाउँपालिकाका लागि चन्द्र आचार्य, सोताङ गाउँपालिकाका लागि बीरबहादुर गुरुङलाई प्रतिनिधीको रुपमा तोकिएको छ । त्यस्तै, महाकुलुङ गाउँपालिकाका लागि गणेशबहादुर बस्नेत र सोलुदुधकुण्ड नगरपालिकाका लागि सरला नाछिरिङलाई प्रतिनिधीको रुपमा तोकिएको छ भने खुम्बु पासाङल्हामु गाउँपालिकाका लागि रामबहादुर बस्नेत, माप्य दुधकोशी गाउँपालिकाका लागि दावागेलु पाख्रिन र लिखुुपिके गाउँपालिकाका लागि नारायणकाजी श्रेष्ठलाई प्रतिनिधी तोकिएको छ ।

जिल्ला पार्टीद्वारा जारी सर्कुलरअनुसार अभियानलाई परिणाममूखी र सफल पार्न सम्बन्धित पालिकाका लागि तोकिएको जिल्ला प्रतिनिधीसँगै जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, महाधिवेशन प्रतिनिधी, पालिका पदाधिकारी एवं सदस्यहरु, भातृ एवं सुभेच्छुक संस्थाका प्रमुख र प्रतिनिधीहरु, क्षेत्रीय प्रतिनिधी, निर्वाचित जनप्रतिनिधिहरुलगायत सबै नेता कार्यकर्ताहरुबीच समन्वय गरेर काम गर्न भनिएको छ ।

प्रकाशित मिति : बिहीबार, १३ मंसिर २०८१ २१:११
प्रतिक्रिया दिनुहोस्