काठमाडौँमा मनाइयो चिनियाँ नयाँ वर्ष
आइतबार काठमाडौँको ठमेलमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । ठमेलस्थित सञ्चय कोष भवन अगाडि एक कार्यक्रम गरी नयाँ वर्ष मनाइएको हो ।
लुनार पात्रोअनुसार निर्धारण हुने चिनियाँ परम्परामा नयाँ वर्ष प्रायः जनवरी वा फेब्रुअरीमा पर्दछ ।
चिनियाँहरूले यो पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन् । परिवारबाट टाढा रहेका चिनियाँहरू यो समयमा सकेसम्म एक ठाउँ भेला हुने परम्परा रहेको छ ।
नयाँ वर्षका बेला साँझ परिवारका सदस्य भई खाना खाने गर्दछन् जसलाई स्थानीय संस्कृतिमा ‘रेयुनिनल डिनर’ भन्ने गरिन्छ ।
आज काठमाडौँको ठमेलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ तथा उपसभामुख इन्दिरा रानालगायतको उपस्थिति थियो ।
‘चिनियाँ नयाँ वर्ष परेड माघ ६’ ब्यानरमा आयोजित कार्यक्रममा चिनियाँ संस्कृति झल्किने सांस्कृतिक पहिरन, नृत्य, गीतसंगीत, झाँकी तथा बाजागाजासहित ठमेल परिक्रमा गरिएको थियो ।