Logo

नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण


सोलुखुम्बु । सोलुखुम्बुमा अवस्थित ६,९५८ मिटर अग्लो नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । पर्यटन विभागले आरोहण खुला गरेको एक वर्षपछि यो सफलता मिलेको हो ।

सेभेन समिट ट्रेक्सबाट तीन विदेशी आरोहीले आइतबार बिहान १०ः३० बजे नुम्बुर हिमालको सफल आरोहण गरेका हुन् । सफल आरोहण गर्नेमा इटालियन नागरिक हर्भ, जर्मन नागरिक फेलिक्स, र पोल्याण्डका आडम रहेका छन्। उनीहरूले करिब १५ घण्टा लगाएर हिमाल चढेका थिए। यो सफलतासँगै यी तीन आरोहीले नुम्बुर हिमालमा पहिलो पटक पाइला टेकेको इतिहास रचेका छन्।

सोलुदुधकुण्ड नगरपालिका–१ मा अवस्थित नुम्बुर हिमाललाई दुधकुण्ड तालको शिर मानिन्छ। नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नुम्बुर आरोहण सफल भएसँगै यस क्षेत्रको पर्यटनमा नयाँ ढोका खुलेको बताउनुभएको छ।

प्रकाशित मिति : शुक्रबार, ८ कार्तिक २०८२ ०९:००
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ