पर्यटन बोर्डद्वारा पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि मोटरसाइकल हस्तान्तरण गरिएको बोर्डले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।
प्रमुख कार्यकारी अधिकृत जोशीले बोर्डले पर्यटन पूर्वाधार र सेवा सुदृढीकरणमा निरन्तर काम गरिरहेको उल्लेख गरे । “पर्यटक प्रहरीलाई सशक्त बनाउनु भनेको समग्र पर्यटन प्रणालीलाई बलियो बनाउनु हो” उनले भने, “यी मोटरसाइकलहरूले दुर्गम र व्यस्त पर्यटकीय क्षेत्रहरूमा छिटो सेवा प्रवाह गर्न मद्दत पुर्याउनेछन् ।”

