Logo

यूएएएको महासभामा भाग लिन एमएमए उपाध्यक्ष भण्डारी चीन जाँदै


काठमाडौं, ३० बैशाख । नेपाल पर्वतारोहण संघ (एनएमए) का द्वितीय उपाध्यक्ष बोधराज भण्डारी चीन जादै हुनुहुन्छ । १४ देखि १९ मे २०२६ सम्म आयोजना हुने युनियन अफ एसियन अल्पाईन एसोसिएसन (यूएएए) को महासभामा नेपालको तर्फबाट सहभागी हुन भण्डारी भोली बिहिबार चीन जान लाग्नुभएको हो।

बुधबार आयोजित कार्यसमिति बैठकमा एनएमएका अध्यक्ष फुर गेल्जे शेर्पा, महासचिव राजेन्द्र बहादुर लामा, कोषाध्यक्ष सुमी लामालगायतले कार्यसमितिको तर्फबाट उहाँलाई औपचारिक विदाइ गर्दै सफल सहभागिताको शुभकामना व्यक्त गरे।

एनएमए यूएएएको संस्थापक सदस्य हो भने हाल उक्त संस्थाको उपाध्यक्ष पदसमेत सम्हालिरहेको छ । यसले एशियाली पर्वतारोहण क्षेत्रमा नेपालको सक्रिय भूमिका र नेतृत्वलाई थप मजबुत बनाएको जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, ३० बैशाख २०८३ १८:४७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ