Logo

आठ भारतीय पर्यटकको मृत्युपछि पानोरमा रिसोर्ट बन्द


काठमाडौं । आठ जना भारतीय पर्यटकको बेहोस भई मृत्यु भएको मकवानपुर थाहा नगरपालिका-४ सिमभन्ज्याङको एभरेष्ट पानोरमा रिसोर्ट बन्द भएको छ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ महिनाका लागि रिसोर्टलाई बन्द गर्ने निर्णय गरेको हो।

पर्यटन ऐन, २०३५ को दफा (१०) अनुसार तोकिएको स्तर वर्गीकरण नगराएको र रिसोर्ट सञ्चालनका क्रममा प्रर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरीसमेत देखिएकोले  सचिवस्तरीय निर्णय गरी ३ महिनाका लागि निलम्बन गरिएको पर्यटक विभागले जनाएको छ ।

निलम्बनमा परेसँगै पानोरमाले ३ महिनासम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न पाउने छैन ।

साथै निलम्बन अवधि पश्चात होटलको वर्गीकरण तथा मापदण्ड र प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण/वातावरण प्रभाव मूल्यांकन सम्पन्न गराइ अनुमति लिएर मात्रै संचालन गर्न विभागले निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : मंगलवार, २८ माघ २०७६ १९:१२
प्रतिक्रिया दिनुहोस्