Logo

निजी क्षेत्रका लागि राहत प्याकेज ल्याउने प्रधानमन्त्रीको घोषणा


१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका लागि सरकारले राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।

सोमबार राष्ट्रका नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्ने बताएका हुन् ।

राहत ल्याउने घोषणा गरेका प्रधानमन्त्रीले के कति ल्याउने भन्ने विषय भने खुलाएका छैनन् । उनले राहत सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्ने बताएका छन् ।

मुलुकको अर्थतन्त्र सवल हुनका लागि निजी क्षेत्र सवल हुनुपर्ने विषयमा आफू जानकार रहेको भन्दै उनले अर्थमन्त्रालयले प्याकेज घोषणा गर्ने बताए ।

‘निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्नेछ ।

प्रकाशित मिति : सोमबार, १२ जेष्ठ २०७७ १९:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ