Logo

खुम्बु पासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको अन्तिम दाहासंस्कार


सोलुखुम्बु : खुम्बु पासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाको अन्तिम दाहासंस्कार गरिएको छ । गत असार २ गते निधन भएका शेर्पाको विहीबार  बौद्ध परम्पराअनुसार अन्त्येष्टी गरिएको हो ।

अन्त्यष्टी पुर्व बिहान ७ बजे देखि ९ बजे सम्म श्रद्धाञ्जलीका लागि राखिएको थियो । अध्यक्ष शेर्पाको पार्थिव शरिरमा नेकपा र खुम्बु पासाङल्हामु गाउँपालिकाको झण्डा ओढाएर उच्च सम्मान ब्यक्त गरिएको छ ।

शेर्पाको सम्मानका लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, सोलुखुम्बुका प्रतिनिधी सभा सदस्य हेमकुमार राई (सुरवीर), प्रदेश १ का भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रदेश १ नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सांसद उत्तम कुमार बस्नेत, नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, सचिव गोम्बु शेर्पा, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर लगायत बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको बाक्लो उपस्थीती रहेको थियो ।

यसैबिच जिल्ला बिभिन्न स्थानिय तहहरुले  स्वगीय अध्यक्ष ङिम दोर्जी शेर्पाका लागी  श्रदाञ्जली ब्यक्त गरेका छन । स्वर्गीय शेर्पाको फोटोमा  खादा लगाई  सम्मानका साथ श्रदाञ्जली ब्यक्त गरेका हुन ।

प्रकाशित मिति : बिहीबार, ४ असार २०७७ २०:३३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ