माप्य दुधकोशी गाउँपालिकाले ल्यायो साँढे ३२ करोडको बजेट, गाउँपालिकाको गौरबको आयोजनासँगै आफ्नै प्रशासनिक भवन प्राथमिकतामा
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३२ करोड ४१ लाख ४३ हजार ३८० रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बुधवार सम्पन्न छैटौ गाउँसभाबाट सो बजेट सार्वजनिक गरिएको हो ।
नयाँ बजेटमा संघीय सरकारको वित्तीय समानिकरण अनुदानवापत दश करोड २२ लाख रहेको छ भने प्रदेश समानिकरण अनुदान ७० लाख २५ हजार, प्रदेश राजश्व सवारी साधन करवापत १८ लाख ११ हजार बजेटमा समाबेश गरिएको छ । त्यस्तै संघ राजश्व बाड्फाड ६ करोड ७ हजार ३८०, पर्यटन रोयल्टीवापत २० लाख रहेको छ भने गाउँपालिकाको आन्तरिक स्रोत तथा राजश्व २५ लाख रहेको छ । त्यसमाथी सशर्त अनुदानवापत १४ करोड ८६ हजार जोडिएको छ ।
गाउँपालिकाको उपाध्यक्ष जुनितामाया मगरले दिनुभएको जानकारीअनुसार जम्मा बजेटमध्ये आर्थिक बिकास क्षेत्रमा १ करोड ५९ लाख ५० हजार, सामाजिक बिकास क्षेत्रमा १ करोड ९३ लाख ५० हजार, पूर्वधार बिकास क्षेत्रमा १० करोड ६८ लख ५० हजार रुपैया बिनियोजन गरिएको ।
नयाँ बजेटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई बिशेष जोड दिइएको छ । सोको लागि १ करोड रुपैया बजेट बिनियोजन गरिएको छ । आन्तरिक बिबादका कारण यसअघि गाउँपालिकाले आफ्नो भवनको लागि बजेटको ब्यबस्था गर्न सकेको थिएन ।
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा गाउँपालिकाकै गौरबको आयोजना तथा पूर्वधार बिकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतलाई बिशेष प्रथमिकतामा राखेको छ ।
नीति तथा कार्यक्रमसङ्गै नयाँ बजेटमा कायखेतको मोटारेबल पुल, चिन्डो निर्माण, कृषि क्षेत्र, पर्यटनसंग सम्बन्धित कार्यक्रमहरुलाई प्राथमिकतामा राकिएको छ । त्यस्तै सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम घोषणा गरिएको छ ।
गाउँपालिकामा १५ सैयाको हस्पिटल सन्चालनको लागि बजेटमा बिशेष प्राथमिकतामा रााखिएको छ । जसको लागि गाउँपालिकाले पनि बजेटको ब्यबस्था गरेको छ भने प्रदेश सरकारबाट १ करोड र संघबाट ८० लाख रुपैया बजेटको ब्यबस्था गरिएको छ । एमबीबीएस डक्टरसहितको सेवा तत्काल सुरुवात हुँदैछ ।
त्यस्तै शिक्षा क्षेत्रको कार्यक्रमअन्तर्गत इसिडीको शिक्षक, कार्यालय सहयोगी तथा लेखापालहरुको लागि प्रोत्साहन भत्ता दिने जस्ता कार्यक्रमहरु ल्याइएको छ ।
गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाको सम्बृद्धिका लागि नयाँ बजेट कोशेढ्ङ्गा साबित हुने विश्वास ब्यक्त गर्नुभयो । अध्यक्ष राईले आफुहरु निर्बाचित भएपछिको पहिलो बजेट सिकाइको रुपमा भएपनि लक्षित रुपमा कार्यन्वयन गरिएको, दोस्रो बजेट गाउँपालिकाको बिकासका लागि हरेक पक्षमा आधारशिला खडा गर्नको लागि सफल भएको र तेस्रो बजेट कोरोना जस्तो विश्वब्यापी महामारीको बीचमा भएपनि आवश्यकता तथा जनउत्तरदायित्वसहितको दीगो बिकासलाई ध्यानमा राखेर ल्याइएको दाबी गर्नुभएको छ ।