Logo

मुलुकमा नागरिक अधिकारमाथि हनन भएको र गाँउदेखि शहरसम्म भ्रष्टचार बढेको केसीको आरोप


सोलुखुम्बु । नेपाली काँगेसका केन्द्रीय सदस्य बलबहादुर केसीको नेकपा सरकारको कारण अहिले मुलुकमा नागरिक अधिकारमाथि हनन भएको र गाँउदेखि शहरसम्म भ्रष्टचार बढेको आरोप लगाउनुभएको छ ।

देशभर एकसाथ प्रदर्शन गर्ने कांग्रेसको निर्णयअनुसार सोमवार सोलुखुम्बबुको सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केसीले सो आरोप लगाउनुभएको हो  ।

कार्यक्रमलाई सोलुदूधकुण्ड नगरपालिका मेयर नामगेलजाङ्बु शेर्पा, आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आङछिरिङ शेर्पा, नेपाली काँग्रेस सोलुखुम्बुका सहसचिव कुशराज राई, सोलु काठमाडौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, नेताहरु प्रकाशसिं कार्की, भलाकाजी कुलुङ, सुर्य कुलुङ, शुभराम बस्नेत, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, नेपाल महिला संघका अध्यक्ष छुण्डील्हमु शेर्पा, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म नेपाली लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : मंगलवार, ३० मंसिर २०७७ १४:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ