Logo

ज्लावामाई मन्दिर ब्यवस्थापन समितिले पहिलो पटक पुर्णता पायो


सोलुखुम्बु : सोलुखुम्बु जिल्लाकै प्रसिद्ध धार्मिक स्थल तामाखानी लोदिङ स्थित ज्वालामाई देवि मन्दिरको नयाँ ब्यवस्थापन समितिले पहिलो पटक पुर्णता पाएको छ । बुधबार साँझ सम्पन्न निर्वाचनबाट टेक बहादुर मगरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन भएको नवनिर्बाचित अध्यक्ष मगरले जानकारी दिनुभयो ।

समितीको उपाअध्यक्षमा टिका माया मगर, सचिवमा श्याम पुलामी मगर, सहसचिवमा ङिमा दोर्जी तामाङ र कोषध्यक्षमा मिलन पुलामी मगर चयन भएको जनाइएको छ । सहमतीको प्रयास विफल भएपछि भएको मतदानमा टेक बहादुर मगर ४२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी भिम नारायण राजभण्डारीले १७ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलका सदस्य ल्हाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदानमा जम्मा ६० मत खसेकोमा १ मत बदर भएको थियो । सोलुदुधकुण्ड नगरपालिका ३ मा अवस्थीत उक्त मन्दिर करिब एक बर्ष अघि मात्रै संस्थामा दर्ता भई विधिगत रुपमा भिम नारायण राजभण्डारीको अध्यक्षतामा तर्दथ समिति गठन गरिएको थियो ।

तर तर्दथ समितिले ६ महिना भित्र नयाँ कार्यसमिति चयन गर्नुपर्ने भएपनि एक बर्ष भन्दा बढी समय बेतित भएपछि मात्रै कार्यसमिति चयन भएको हो । आगामी दिनमा हरेक तिन बर्षमा नयाँ कार्यसमिति चयन हुने विधानमा उल्लेख गरिएको छ ।

नयाँ समितिले मन्दिरको भौतिक विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष मगरले  बताउँनुभयो । समितिमा सबै नयाँ अनुहार चयन भएकाले बार्षिक तथा अर्धबार्षिक रुपमा विगतमा मन्दिरको आयब्याय सार्वजनिक गर्ने देखि भेटीहरुको हिसाब किताब चुस्त दुरुस्त गर्नेमा आफुहरुको ध्यान केन्द्रित हुने उहाँको भनाई छ ।

यस अघि मन्दिरमा भक्तजनहरुबाट के कति भेटि संकलन भयो र उक्त रकम कहाँ कसरी खर्च भएको छ भन्नेबारे समितिले भक्तजनहरु माझ सार्वजनिक गर्न नसकेको आरोप लाग्दै आएको थियो । सोलु एफ. एम.

प्रकाशित मिति : शुक्रबार, १० पुष २०७७ १३:५३
प्रतिक्रिया दिनुहोस्