Logo

प्रतिगमनको विरुद्धमा एक पटक जनता जाग्नुपर्छ: सांसद राई


सोलुखुम्बु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, सोलुखुम्बु जिल्ला ईन्चार्ज तथा संघीय सांसद हेम कुमार राई ‘सुरवीर’ले प्रतिगमनको विरुद्धमा एक पटक जनता जाग्नुपर्ने बताएका छन् ।

आज सल्लेरीमा आयोजित प्रचण्ड–माधव समूह अन्तरगतको संघर्ष समितिको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै सांसद राईले वर्तमान सरकारले जनचाहना भावना र संविधान विपरित संसद विघटनको निर्णय गरेको बताए ।

उनले केपी ओलीको अलोकतान्त्रीक कदमको खुलेर विरोध गर्ने बताए । ओली सरकारले जनताको अभिमतलाई लत्याउने काम भएको आरोप लगाए ।

कार्यक्रममा जिल्लास्तरीय संघर्ष समितिका संयोजक तथा प्रदेश कमिटी सदस्य आङङिमा लामा, संघर्ष समितिका सचिव तथा प्रदेश कमिटी सदस्य ठमनाथ पराजुली (ध्रुव), प्रदेश कमिटी सदस्य  बिष्णु बास्तोला, नेकपा सोलुका कार्यालय सदस्य निमातेण्डुप शेर्पा र कार्यलय सदस्य तथा संघर्ष समितिका प्रबक्ता हिमाल गिरी, सचिवालय सदस्य, जिल्ला कमिटी सदस्य तथा नगरपालिका भित्रका अगुवा कार्यकर्ताको उपस्थिती रहेको राष्ट्रिय यूवा संघका जिल्ला सदस्य रस्विन मगरले जानकारी दिए ।

भेलाले दोर्जी जाङबु लामाको अध्यक्षतामा १०१ सदस्य संघर्ष समिति गठन समेत गरेको छ ।

समितिको सहसंयोजकमा निमातेण्डुप शेर्पा, सचिवमा दावा तेन्जि लामा र प्रबक्तामा सन्तोष थापा मगरलाई चयन गरिएको छ ।

नगरपालिका स्तरिय सघर्ष समितिका संयोजक दोर्जीजांबु लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको ब्यापक सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बुधबार, २२ पुष २०७७ २१:१३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ