Logo

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्न सकिन्न : उपप्रधानमन्त्री पोखरेल


उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतलको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने दाबी गरेका छन्।

ताजा जनादेशमार्फत देशको समस्या समाधान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासलाई कानुनी आवरणमा निस्तेज पारिएको आरोप पनि उनले लगाएका छन्।

नेकपा ओली समूहका सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउनेछ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएको घोषणा गरेकी थिइन्। तर यो निर्णय संविधानविपरीत भएको भनी परेको मुद्दामा सर्वाेच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै पुनर्स्थापनाको फैसला सुनाएको हो।

प्रकाशित मिति : बुधबार, १२ फाल्गुन २०७७ ०८:३६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ