Logo

‘गतिशील कांग्रेस निर्माणका लागि मेरो उम्मेदवारी’


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोलुखुम्बुका नेता एवं कांग्रेसको उद्योग व्यापार विभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता कार्कीले संगठित, समावेशी र गतिशिल नेपाली कांग्रेस निर्माणका लागि आफुले उम्मेदवारी दिने बताए । उनले भने, ‘मैले जित्दा कांग्रेसलाई घाटा नहुने बरु फाईदै हुन्छ । गतिशील कांग्रेसका लागि प्रतिनिधिहरुले मतदान गरेर जिताउनुहुनेछ भन्ने मेरो विश्वास छ ।’ सामाजिक सेवासँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा लागेका कार्कीले सोलुखुम्बुमा रहेको दुई समूहलाई एउटै मञ्चमा राखेर एकताको प्रयास गरेका थिए ।

नेपाली कांग्रेस सोलुखुम्बुको १४ औं अधिवेशनमा लोकप्रिय मत ल्याएर कार्कीले महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका थिए । गएको निर्वाचनमा सोलुखुम्बु प्रदेश सभा ‘क’ बाट उम्मेदवार बनेका कार्की पराजित भएका थिए ।

प्रकाशित मिति : शनिबार, २५ मंसिर २०७८ २०:४२
प्रतिक्रिया दिनुहोस्