कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने माप्य अध्यक्ष राईको प्रतिबद्धता
सोलुखुम्बु । माप्य दुधकोशी गाँउपालिका अध्यक्ष बुद्धिकिरण राईले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । दोस्रो कार्यकालको लागि अध्यक्षमा जितेपछि पदभार ग्रहण गर्दै उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।
५ बर्षे कार्यकाल अध्यक्षकै पदबाट पुरा गर्नुभएका राईले आफुले गरेको कामको समिक्षा गर्दै पहिलो कार्यकाल सफल भएरै जनताले फेरी आफुलाई चुनेको दाबीसमेत गर्नुभयो ।
उहाँले पदभार गरेकै दिनदेखि साथै अब जनताको जिवनस्तर उकास्ने कार्यमा जोड दिने उहाँको भनाइ छ ।