Logo

टान निर्वाचनः अध्यक्षको उम्मेद्धार शुल्क १ लाख र सदस्यको ५० हजार


काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को आसन्न निर्वाचनका लागि उम्मेद्धारी दर्ता दस्तुर तोकिएको छ । टान निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्ष पदको उम्मेद्धारले एक लाख रुपैयाँ रकम जम्मा गर्नुपर्ने छ भने पदाधिकारीमा उम्मेद्धारी दर्ता गर्नेले ८५ हजार रुपैयाँ र कार्यसमिति सदस्यका उम्मेद्धारले ५० हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । यो उम्मेद्धार दर्ता शुल्क अहिलेसम्म कै अत्याधिक हो ।

आउँदो साउन ३० गते सम्पन्न हुन लागेको टान निर्वाचनका लागि साउन २६ गते विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म उम्मेद्धार मनोनयन दर्ता समय तोकिएको छ । मनोनयन दर्ताको लागि उम्मेद्धारले आफ्नो उम्मेद्धारीनुसारसको शुल्कसहित कम्पनीको सदस्यता प्रमाणपत्र, शेयर धनी खुल्ने कागजात (शेयर लगत), अख्तियारीनामा पत्र, विगत ६ महिना पहिलेदेखि सदस्य भई कम्तिमा एउटा वार्षिक साधारण सभामा भाग लिएको वा कम्तिमा ६ वर्ष पर्यटन व्यवसायीको रुपमा अनुभव हासिल गरेको पत्रलगायतका कागजात पेस्नुपर्ने छ ।

त्यस्तै साउन ३० गते मतदान गर्न आउने मतदाताले सदस्यता प्रमाणपत्र, शेयर धनी खुल्ने कागजात (शेयर लगत), अख्तियारीनामा पत्र, आफ्नो परिचय खुल्ने नेपाल सरकारबाट जारी भएको फोटोसहितको परिचय पत्र अनिवार्य लिई आउनुपर्ने भनिएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार बुधबार सार्वजनिक अन्तिम मतदाता नामावलीमा टानको जम्मा मतदाता संख्या १२३८ रहेको छ । अहिलेसम्म ककसले उम्मेद्धारी दर्ता गर्लान् भन्ने यकिन नभएपनि नयाँ नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

प्रकाशित मिति : बुधबार, २५ श्रावण २०७९ २२:०४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ