जिल्ला शिक्षा समिति सोलुखुम्बुको सदस्यमा शेर्पा र आचार्यसहित चार जना मनोनित
साेलुखुम्बु । जिल्ला शिक्षा समिति सोलुखुम्बुको सदस्य पदमा विभिन्न क्षेत्रका शिक्षा अभियन्ता तथा समाजसेवीहरू मनोनित भएका छन् । मनोनित हुनेहरूमा सामुदायिक विद्यालयकाे तर्फबाट हिमाल दर्शन माध्यमिक विद्यालय नेचासल्यानका विव्यस अध्यक्ष तथा समाजसेवी चन्द्र आचार्य, ह्वाइट हिल्स माध्यमिक विद्यालयका विव्यस अध्यक्ष तथा समाजसेवी कर्मा शेर्पा, शिक्षाप्रेमी कमल बहादुर विस्वकर्मा र शिक्षाप्रेमी समाजसेवी बलबहादुर बस्नेत छन् ।
जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने समितिमा उहाँहरूको मनोनयनसँगै जिल्लाको शिक्षा क्षेत्रको गुणस्तरीय सुधार, सुशासन, नवप्रवर्तन तथा समग्र शैक्षिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । स्थानीय शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रूपमा योगदान दिँदै आएका व्यक्तित्वहरू शिक्षा समितिमा समावेश भएपछि विद्यालय व्यवस्थापन, शैक्षिक नीति कार्यान्वयन र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।


