Logo

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा एमालेका मानबीर राई विजयी


सोलुखुम्बु । सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका मानबीर राई विजयी भएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यासी उम्मेद्धार नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतको फराकिलो अन्तरले पराजय गर्दै राई विजयी भएका हुन् ।

राईले १९ हजार ३ सय २४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी केसीले १६ हजार ५ सय ४५ मत प्राप्त गरे ।

माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २, ठूलोढुंगामा जन्मिएका राई एमालेको केन्द्रीय सदस्यसमेत हुन् । ईमान्दारिता, निष्ठा र धैर्यता भएको नेताका रुपमा स्वच्छ छवि बनाएका राईको संसद प्रवेश यो नै पहिलो हो ।

२०४८ सालदेखि निरन्तर चुनावी मैदानमा रहेका केसी तेस्रो पटक पराजित भए। लगातार हारिरहेका उनी यस पटक गठबन्धन हुँदा पनि पराजित हुन् ।

गठबन्धनको भागबण्डामा नेकपा (माओवादी केन्द्र)ले पाएको टिकट खोसेर चुनावी मैदानमा होमिएका उनलाई एक्लै उम्देवारी दिएका राईले पराजित गरेका हुन्।

यद्यपी, निर्वाचन आयोगले अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी भएपनि दुई वटा प्रदेश सभा सदस्यको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र (१) मा माओवादी केन्द्रका गोम्बु शेर्पा (कज्र्याङ) र प्रदेश सभा निर्वाचन क्षेत्र (२)मा एमाले नेता बुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् ।

मंसिर ४ को निर्वाचनमा यहा ४० हजार ४ सय ३३ मत खसेको थियो । जिल्लामा कुल ८१ हजार ५ सय २ मतदाता रहेका छन् ।

प्रकाशित मिति : बिहीबार, ८ मंसिर २०७९ १३:४४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ