Logo

माप्य दुधकोशी हुँदै खुम्बु जोड्ने सडक कालोपत्रेका लागि टेण्डर आह्वान


file photo

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका हुँदै खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि ६० करोड बराबरको टेण्डर आह्वान भएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा छनोट भएको उक्त परियोजनाका लागि २०७९ पुस २७ गते बुधबार सो टेण्डर आह्वान भएको हो ।

जिल्लाको सामाजिक, आर्थिक र पर्यटन बिकासको निम्ति खुम्बु क्षेत्रलाई छिटोभन्दा छिटो सडक सञ्जाल सँग जोड्ने उद्देश्यका साथ तत्कालिन संघीय सांसद हेमकुमार राई ‘शूरवीर’ले २०७६ साल फाल्गुन २५ गतेको दिन सल्लेरी-सिलगुडीडाडाँ-काँकु-बासा–ओर्लाङ्गघाट-जुभिङ-खरिखोला-लुक्ला चौरीखर्क सडक खण्ड कालोपत्रेलाई निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममा समावेश गर्न भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गर्नुभएको थियो ।

सोही सिफारिसको आधारमा छनोट भएको उक्त सडक कालोपत्रेका लागि टेण्डर प्रक्रिया अघिल्लो वर्ष नै अघि बढ्नुपर्ने भएपनि प्राविधिक कारणले रोकिएको थियो । यो टेण्डर आह्वानसँगै लामो समयदेखिको चर्चा हुँदै आएको सो सडक खण्डको कालोपत्रे हुने निश्चित भएको छ ।

प्रकाशित मिति : बुधबार, २७ पुष २०७९ ०९:१८
प्रतिक्रिया दिनुहोस्