Logo

माप्य दुधकोशी गाउँपालिकाद्धारा आवधिक योजना तर्जुमाका लागि पहिलो चरणको कार्य सम्पन्न


सोलुखुम्बु । जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले आवधिक योजना निर्माणको पूर्व तयारीका कामहरु अगाडि बढाएको छ । गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनाबद्ध विकास र समृद्धिका लागि आवधिक विकास योजना निर्माणको काम अगाडि बढाइएको गाउँपालिकाका कार्यवहाक अध्यक्ष गौरब राईले बताउनुभयो ।

सोका लागि पहिलो चरणमा बैशाख १६ गतेदेखि २० गतेसम्म आवधिक योजना तर्जुमा अन्तक्र्रियात्मक गोष्ठि तथा सुझाव संकलन कार्य सम्पन्न गरिएको छ । सात वटै वडामा गोष्ठि तथा गाउँपालिकाका सबै शाखागत सुझावहरु संकलन गरिएको हो ।

आवधिक योजनामा प्राथमिकताका साथ समेटिनुपर्ने सामाजिक विकास, आर्थिक विकास, वन तथा वातावरण, पर्यटनलगायतका विषयका बारेमा सुझाव लिइएको उहाँले जानकारी दिनुभयो ।

आवधिक योजना निर्माणार्थ आयोजना गरिएको यो चरणको कार्यक्रममा सातै वडाका जनप्रतिनिधिहरु, विषय विज्ञ, बुद्धिजिवी, प्रतिनिधिमूलक रुपमा स्थानीय शिक्षक, सम्बन्धित सरोकारवाला संघसंस्थाका प्रतिनिधिलगायत सहभागि गराइएको अन्तरक्रिया गोष्ठीमा सामुदायिक बिकास मन्च संस्थाका केदार दाहाल र मधुसुदन थापाले सहजीकरण गर्नुभएको थियो ।

अब प्राप्त सुझाव, जनअपेक्षा र आवश्यकताको आधारमा गाउँपालिकाको विकासका सबै पक्षलाई प्राथमिकीकरण गरेर योजनाबद्ध विकासको खाँका कोरिने भनाइ कार्यवहाक अध्यक्ष राईको छ ।

प्रकाशित मिति : बुधबार, २० बैशाख २०८० १९:०९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ