Logo

प्रभु बैंकका सञ्चालक राईको राजीनामा स्वीकृत


काठमाडौं । प्रभु बैंकका सञ्चालक मनबहादुर राई (संस्थापक समूह) ले दिएको राजीनामा स्वीकृत भएको छ ।

राईले दिएको राजीनामा असार १५ गते बसेको सञ्चालक समितिको २९७ औं बैठकले स्वीकृत गरेको जनाइएको छ ।

उनले आफ्नो घरायसी व्यावहारिक कारणले सञ्चालक पदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, २२ असार २०८० ०८:२५
प्रतिक्रिया दिनुहोस्