Logo

हिमालयन ट्रष्टदारा सोलुखुम्बुको विद्यालयमा अनुगमनसँगै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया सम्पन्न


काठमाडौँ – हिमालयन ट्रस्ट नेपालले विद्यालय अनुगमन तथा अन्तर्क्रियात्मक कार्यक्रमलाई तीब्रता दिएको छ । ट्रष्टका प्रमुख कार्यकारी व्यवस्थापक लाक्पा तेन्जी शेर्पाले गुणस्तरीय शिक्षालाई बढावा दिने उद्देश्यका साथ विद्यालय अनुगमनलाई जोड दिइएको बताउनुभयो ।

सोलुखुम्बु जिल्लाको ४६ वटा विद्यालयमा अनुगमन गरिएको साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया समेत गरेको उहाँले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार ट्रष्टले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको विभिन्न एक सय भन्दा बढि विद्यालयहरूलाई वार्षिक रुपमा शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।त्यस्तै सामुदायिक विद्यालयका शिक्षकहरूलाई विभिन्न तालिमको आयोजना गरि शिक्षकको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

आगामी दिनमा सामुदायिक विद्यालयहरूको गुणस्तरीयता अभिवृद्धि गर्न विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनलाई निरन्तरता दिने भनाइ उहाँको छ ।

प्रकाशित मिति : शनिबार, १३ श्रावण २०८० १८:५५
प्रतिक्रिया दिनुहोस्