Logo

संघीय शिक्षा विधेयकले स्थानीय सरकारको अधिकार हस्तक्षेप गर्न खोज्यो: गाउँपालिका महासंघ


काठमाडौँ – गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकका केही प्रावधानमाथि प्रश्न उठाएको छ।

सरकारले संघीय शिक्षा विधेयक तयार पार्दा स्थानीय सरकारका अधिकार हस्तक्षेप हुने देखिएको महासंघको भनाइ छ।

‘विधेयकमा व्यवस्था गरिएका कतिपय प्रावधानहरू संघीय प्रणालीलाई नै चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा हस्तक्षेप हुने प्रकृतिको पाइएकोले संविधानले तहगत सरकारलाई दिएको अधिकार संकुचन नहुने गरी विधेयक परिमार्जनसहित पारित गर्द सांसदहरूलाई अनुरोध गर्दछौं,’ महासंघको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

सरकाले मन्त्रिपरिषदबाट पारित गरेको संघीय शिक्षा ऐन सदनमा छलफलका लागि पेश गर्ने तयारी गरेको छ । साथै महासंघले संघीय निजामती सेवा विधेयक पनि सरोकारवालाहरूको परामर्श गरी अगाडी बढाउन माग गरेको छ।

प्रकाशित मिति : आईतवार, २१ श्रावण २०८० २०:२४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ