Logo

प्रदेशमा पनि भ्रष्टाचारविरुद्ध प्रचण्ड अभियान चलाउन सांसद शेर्पाको माग


सोलुखुम्बु  :  सोलुखुम्बुबाट निर्वाचित प्रदेश सांसद गोम्बु शेर्पा (कर्ज्याङ)ले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गर्नुभएको छ ।

प्रदेशभाको शून्य समयमा बोल्दै उहाँले संघीय सरकार (प्रचण्ड सरकार)ले भ्रष्टाचार र अनियमितताको विरुद्ध अभियान चलाएको भन्दै प्रदेशमा पनि यस्तै अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।

प्रदेशको नामाकरण सम्हिबन्धमा पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले अभिलम्ब समिति गठन गरेर समस्या समाधान गर्नुपर्ने भनाइ उहाँको थियो ।

सरकारले वार्ता समिति बनाउन ढिलाई गरेको भन्दै ढिलाई हुनुको कारणबारे जवाफ दिन मागसमेत गर्नुभएको छ ।

प्रकाशित मिति : शुक्रबार, १ भाद्र २०८० १८:५४
प्रतिक्रिया दिनुहोस्