तामाङ रिमठीम पर्यटन सञ्जालको अध्यक्षमा सरिता लामा निर्वाचित
काठमाडौं । तामाङ रिमठीम पर्यटन संजालको अध्यक्षमा सफल पर्यटन व्यवसायी सरिता लामा निर्वाचित हुनुभएको छ । तामाङ समुदायका पर्यटन व्यवसायी र पर्यटन पेशाकर्मीहरुको छाता संस्था संजालको दोस्रो साधारणसभाले लामा नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष ऋतु ग्यामदान, महासचिव नरध्वज तामाङ (क्षितिज), सचिव बिजय तामाङ, कोषाध्यक्ष कुमार लामा, सह–कोषाध्यक्ष बिश्वराज तामाङसहित जम्मा १७ सदस्यीय रहेका छन् ।
संजालको उक्त साधारणसभाले महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन पारित गर्दै आगामी बर्ष ०८०/०८१ को लागि कार्ययोजनासमेत पारित गरेको छ।
साधारण सभाको अवसारमा किर्तिमानी आरोही स्व शम्भु तामाङको नाममा स्थापित ‘शम्भु तामाङ एडभेन्चर अवार्ड’, एक जना उत्कृष्ट शाहसिक पर्यटनको प्रतिभालाई पुरस्कृत गर्ने घोषणा गर्दै यो वर्ष उक्त अवार्ड १३ पटक सगरमाथाको सफल आरोहण गर्ने आरोही सन्दुक दोर्जी तामाङलाई प्रदान गरेको थियो ।
साथै सस्थाले तामाङ समुदायका सामाजिक क्षेत्रमा योगदान दिने र व्यवसायिक विशिस्टता बोकेको व्यवसायीहरु पनि सम्मानित हुनुभएको थियो।