Logo

नेपाल महिला संघ माप्य दुधकोशीको भेला सम्पन्न, रसाईली नेतृत्वको २५ सदस्यीय नयाँ कार्यसमिति चयन


नेपाली कांग्रेस निकट नेपाल महिला संघ, माप्य दुधकोशी गाँउपालिका समितिको नयाँ कार्यसमिति गठन गरिएको छ ।  मंगलबार गाउँपालिकाको सम्पर्क कार्यालयमा आयोजित संघको भेलाबाट देविका रसाईलीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गरिएको पार्टीका नेता उजिर कार्कीले जानकारी दिनुभयो ।

नयाँ समितिको उपाध्यक्षमा डम्बर कुमारी कार्की र नेत्र कुमारी घिमिरे, सचिवमा सेलि शेर्पा र उमा कार्की, सहसचिवमा अल्पना राई तथा कोषाध्यक्षमा सरिता वि. क. रहनुभएको छ। त्यस्तै सदस्यहरुमा शर्मिला राई, मौसमि राई, बाल कुमारी वि. क., नाम्डु शेर्पा, आसबरी राई, रोजिना राई, लक्ष्मी कार्की बस्नेत, अ्मृता वि.क., पुर्णिमा तामाङ, अनुसा आले मगर, धन कुमारी कार्की, मनिका राई, कमला राई, चन्द्र भुजेल, लक्ष्मी नेपाली र रिता थापा रहनुभएको छ ।

भेलामा कांग्रेस नेतृ तथा सोलु दुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङ, नेपाल महिला संघ सोलुखुम्बुकी उपाध्यक्ष टंकीमाया बस्नेत, नेताहरु मिङ्मार राई, नारायण काजी कार्की, अविरल वाईवा, उजिर कार्की, पूर्णिमा तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बुधबार, २७ भाद्र २०८० १३:२९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ