Logo

सोलु दुधकुण्ड नगरपालिकाले सार्वजनिक गर्यो तीजको खर्च, दरका नाममा लाखौं नखर्चिएको प्रष्टोक्ति


सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिकाले यस वर्षको तीज विषेश कार्यक्रमको खर्च विवरण सार्वजानिक गरेको छ । केहि दिन यता तीज बिशेष कार्यक्रम लक्षित भ्रमपूर्ण समाचार तथा सामाजिक सञ्जालमा अतिरञ्जित टुक्का टिप्पणी भएकोप्रति ध्यानाकर्षण भएको भन्दै खर्च विवरण सार्वजानिक गरेको हो ।

नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले मंगलबार एक बिज्ञप्ति जारी गर्दै तीजको दरका नाममा भोज भतेर आयोजना गरि लाखौँ रुपैयाँ खर्च गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।पारदर्शीता र जवाफदेहितामा प्रतिवद्ध रहेको उल्लेख गर्दै राईद्वारा जारी विज्ञप्तिमा तीजका अवसरमा आयोजित खुल्ला नृत्य प्रतियोगिताका बिजयीलाई पुरस्कार,शुभकामना आदानप्रदान तथा महिला कैदी बन्दीहरुका लागि टेलिभिजन सेट खरिद गर्दा हस्तान्तरण गर्दा कुल एक लाख २ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘नगरपाकिलाले कला संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले खुला नृत्य प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएकोमा ४ जना विजेताहरुलाई पुरस्कार तथा कार्यक्रममा सहभागी महिलाहरुका लागि चिया खाजा गरि ६२ हजार रुपैयाँ, जिल्ला कारागार सोलुखुम्बुमा रहेका महिला कैदी बन्दीहरुका लागि ४० हजार रुपैयाँ बराबरको टेलिभिजन हस्तान्तरण गरि एक मुष्ट एक लाख २ हजार रुपैयाँ खर्च भएको छ ।’

नगरपालिकाले जारी गरेको विज्ञप्तीमा स्थानीय रेडियो हिमाल एफ एम र आर्थिक राष्ट्रिय दैनिक नामक संचार संस्थाको नाम नै किटेर सो सम्वन्धमा अतिरन्जीत समाचार सम्प्रेषण गरेको उल्लेख गरेको छ।

प्रकाशित मिति : बुधबार, ३ आश्विन २०८० ०६:२०
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ