Logo

थुलुङ दुधकोशीमा सामुदायिक बन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वनको अवस्था र समस्यालगायतको विषयमा छलफल भएको थियो ।

गाउँपालिका असिम राईले वन संरक्षणमा समितिको भुमिका उल्लेखनीय रहेको भन्दै नीतिअनुसार चुस्तदुरुस्त काम गर्न निर्देशन दिनुभयो । वनलाई व्यवसायिकतामा जोड्ने कार्यक्रमबारे योजना बनिरहेको भन्दै उहाँले वन विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउँनुभयो ।

कार्यक्रममा उठेका सवालका विषयमा जवाफ दिंदै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले जिल्लामा नै पहिलो पटक थुलुङ दुधकोशी गाउँपालिकाले प्रभावकारी कार्यक्रम आयोजना गरिएको बताउँनुभयो । बुझेर मात्रै वन ऐनअनुसार काम गर्न सामुदायिक वनका पदाधिकारीहरुलाई उहाँले सुझाव दिनुभयो ।
त्यस्तै, संघीय संरचना अनुसार सामुदायिक वन सम्बन्धि नीति नियम लगायतको विषयमा डिभिजन वन कार्यालय सोलुखुम्बुका वन अधिकृत मनराज राईले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाभित्रका ३७ वटा सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको गाउँपालिकाका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, १८ फाल्गुन २०८० २०:५९
प्रतिक्रिया दिनुहोस्