Logo

माप्य दुधकोशी गाउँपालिकाद्धारा एभरेष्ट भ्यू म्याराथन प्रतियोगिताको रुट र पुरस्कार घोषणा


काठमाडौं, ५ चैत्र । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको एभरेष्ट भ्यू म्याराथन प्रतियोगिताको रुट र पुरस्कार घोषणा गरेको छ । ४७ किलोमिटर दूरीको उक्त प्रतियोगिता यही आउँदो २०८० साल चैत्र २९ गतेको दिन गाउँपालिका रंगशाला (कोर्कु)बाट सञ्चालन गर्न लागिएको हो ।

गाउँपालिकाले सोमबार आधिकारिक रुपमा सार्वजनिक गरेको सूचनाअनुसार उक्त प्रतियोगिता गाउँपालिका रंगशाला (कोर्कु) बाट रक क्लाइम्बिङ सेन्टर–सिलगुडी–घुम्नेमरा गुम्बा–कुधम हाइक्याम्प–योतेल्म्य पर्यटन सेल्टर–दिलुङ–खुस्कुम–खास्ताप–पर्यटन सूचना केन्द्र–प्लाम्दु हुँदै गाउँपालिका रंगशाला (कोर्कु)मा आएर समापन हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि तीन वटा उमेर समुह तोकिएको छ । गाउँपालिकाले उमेरको हदमा तोकेको मापदण्डअनुसार महिला र पुरुष दुवैतर्फका लागि १८ वर्षदेखि २९ वर्षसम्म एउटा, ३० वर्षदेखि ४९ वर्षसम्म एउटा र ५० वर्षदेखि ६५ वर्षसम्मको उमेर समुह अर्को गरी तीन वटा उमेर समुह छुट्टाछुट्टै हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि यही चैत्र १५ गतेदेखि २५ गतेसम्म आफ्नो नागरिकताको प्रतिलिपीसहित कार्यालय समयभित्र शिक्षा यूवा तथा खेलकुद शाखामा नाम दर्ता गर्न सक्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

उहाँकाअनुसार तीन वटै उमेर समुहका महिला र पुरुष दुवैतर्फका प्रथम स्थान हासिल गर्नेले २०÷२० हजार, द्धितीय हुनेले १५÷१५ हजार र तृतीयले १०÷१० हजारको दरले नगदसहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै सबै उमेर समुहमध्ये समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने महिला र पुरुष दुबैतर्फका प्रतिस्पर्धीले क्रमशः १ लाख, ७५ हजार र ५० हजारको साथमा मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने छन् ।

उक्त प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय धाविका मिरा राईलगायतका व्यक्तित्वहरुको सहभागिता रहने जनाइएको छ ।

गाउँपालिकाले यहाँको पर्यटन क्षेत्रको विकासका लागि यसअघि एभरेष्ट दुधकोशी कल्चरल ट्रेलको औपचारिक उद्घाटन गर्नुका साथै रक क्लाइम्बिङ सेन्टर, पदमार्ग निर्माण, मेरापीकको नयाँ मार्ग निर्माणलगायतको कायम अघि बढाइसकेको छ । गाउँपालिकाको पर्यटकीय सम्भावनाहरुको उजागर गर्दै पर्यटन प्रवद्र्धन र विकासका लागि यो म्याराथन प्रतियोगिता एउटा महत्वपूर्ण कडि हुने भनाइ गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको छ ।

 

प्रकाशित मिति : सोमबार, ५ चैत्र २०८० २०:३५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ