८ करोड लगानीमा नयाँ स्वरुपसहित रियल थेरापीको सेवा सुरु, चेनको रुपमा विस्तार गरिने
काठमाडौँ – मुलुकको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विगत २२ वर्षदेखि सञ्चालित रियल थेरापी तथा ब्यूटी प्वाइन्ट अत्याधुनिक सुबिधा सम्पन्न संरचनासहित स्तरोन्नति भएको छ ।
ठमेल पर्यटन विकास परिषद्का वर्तमान अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी भविश्वर शर्माले रु ८ करोड बढि लगानीमा रियल थेरापीलाई थप सुविधा सम्पन्न संरचनासहित नयाँ स्वरुपमा सञ्चालनमा ल्याएका हुन् ।
यसैबीच, पुनर्संरचनासहितको रियल थेरापीको एक समारोहबीच औपचारिक उदघाटन गरिएको छ। चर्चित कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, स्वस्तिमा खड्का, निर्मल शर्मा र काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी, सञ्चालक शर्माले रियल थेरापीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भएको रियल थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको कलाकारहरुले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन रियल थेरापी सान्दर्भिक हुने उनीहरुको बुझाइ छ ।
कलाकार दीपाश्री निरौलाले रियल थेरापी तनाव विसर्जन गर्ने उपयुक्त ठाउँ भएको उल्लेख गरिन् । “रियल थेरापी तनाव विसर्जन गर्ने ठाउँ हो, यहाँ महिला, पुरुष र जोडी तथा परिवारका सदस्यका लागि छुट्टै व्यवस्था भएकाले यसको महत्व र सान्दर्भिकता बढेको छ”, उनले भनिन् ।
“आजकाल स्वास्थ्यप्रतिको सचेतनालाई ख्याल गर्दैनन् शारीरिक थकान र तनाव कम गर्न रियल थेरापीजस्ता गन्तव्य उपयुक्त हुन्छन्”, कलाकार दीपकराज गिरीले भने, “रियल थेरापीजस्ता आयुर्वेदिक उपचार पद्धत्तिमा आधारित सेवाले मानिसलाई स्वस्थ्यकर बनाउन मद्दत पुग्छ ।”
हास्य कलाकार मनोज गजुरेलले सभ्य र भव्यरुपमा पारिवारिक वातावरणमा खुलेको रियल थेरापी पर्यटकको गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गरे । “हामीले बेच्न सक्ने भनेको पर्यटन, कला र संस्कृति नै हो”, उनले भने, “हामी पनि हास्य थेरापीमै काम गछौँ, हास्य थेरापीले मानिसको मनलाई सन्तुलित, आनिन्दत र स्वस्थ्य बनाउछ ।”
नायिक स्वस्तिमा खड्काले स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि रियल थेरापी अपरिहार्य भएको बताइन् ।
महानगरपालिका–२६ का वडाध्यक्ष तिवारीले पर्यटकीय नगरी ठमेलमा नयाँ भवनमा भव्य संरचनासहित पारिवारिक वातावरणमा खुलेको रियल थेरापी स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बन्नेमा विश्वास व्यक्त गरे ।
रियल थेरापीका सञ्चालक शर्माले विगत २२ वर्षदेखि पारिवारिक वातावरणमा सञ्चालन हुदैँ आएको पहिलो स्पा भएको दाबी गरे। फ्यामेली स्पा, महिला र पुरुष स्पा छुट्टाछुट्टै रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको आधुनिक सेवा सुरु गरिएको व्यवसायी शर्माले बताए । स्पा पछिल्लो समय वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको छ । नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रुपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्ट प्याकेज’ बनाइने शर्माको भनाइ छ । रियल थेरापीलाई आगामी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको शर्माको भनाइ छ ।
रियल थेरापीमा साउना, स्टिम, जाकुजी, युनिसेक्स सलुनलगायत सेवा पाइन्छ । एक पटकमा ४५ महिला र ६५ पुरुषलाई सेवा दिनेगरी रियल थेरापीको संरचना विस्तार गरिएको छ ।mom