ठमेल पर्यटन विकास परिषद्को नेतृत्वका लागि वर्तमान अध्यक्ष शर्मा र पूर्वमहासचिव अधिकारी चुनावी मैदानमा
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को नेतृत्वका लागि वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुब्र अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ ।
परिषद्को २८ औं र २९ औं साधारण सभासँगै असार ३१ मा सम्पन्न हुने निर्वाचनका लागि दुइटै पक्षले बिभिन्न चुनावी कार्यक्रम अगाडि बढाइरहेका छन् ।
निर्वाचन मिति नजिकिएसँगै अध्यक्षमा शर्मा र अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरि चुनावी मैदानमा होमिएका हुन् । अहिले दुबै जनाले आ–आफ्नो प्यानलसहित चुनावी दौड सुरु गरिरहेका छन् ।
शर्मा र अधिकारी दुई वर्ष अघि परिषद्को निर्वाचनमा पनि आमनेसामने भएका थिए । यो पटक पनि यी दुईबीच नै रोचक प्रस्तिपर्धा हुने भएको छ ।