सोलुदुधकुण्ड नगरपालिकाद्वारा आगामी आव २०८१/०८२ का लागि ७५ करोड बढिको बजेट पारित
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले झण्डै ७५ करोड २२ लाख रुपैयाँ भन्दा बढीको बजेट सर्वसम्मत पास गरेको छ । आइतवार गार्मा माविको हलमा सम्पन्न १४औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७५ करोड ४२ लाख ७३ हजार एक १ सय ५६ रुपैयाँको बजेट सर्वसहमत पारित गरेको हो ।
नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा भएको उक्त सभाले चालु तर्फ ४५ करोड २२ लाख ८८ हजार १ सय ५६ रुपैयाँ र पूँजीगततर्फ ३० करोड १९ लाख ८५ हजार बजेट पास गरेको नगर उपप्रमुख गान्धी माया तामाङले जानकारी दिनुभयो ।
जसमा स्वास्थ्यतर्फ शसर्त ४ करोड २४ लाख, वडातर्फ १६ लाख ५० हजार रुपैयाँ, कृषि तथा पशु तर्फ ९९ लाख १७ हजार र वडातर्फ १६ लाख ५० हजार रुपैयाँ, लघु उद्यम रोजगार र पञ्जीकरण शाखामा शसर्त १ करोड ३२ लाख ४ हजार रुपैयाँ रकम छट्टाइएको छ ।
लक्षित वर्गतर्फ शसर्त ८१ लाख ५७ हजार वडातर्फ ३६ लाख ५० हजार सडक तथा पुलतर्फ शसर्त ४ करोड ४० लाख र वडातर्फ १ करोड १४ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । भवनतर्फ नगरस्तर तथा शसर्त १२ करोड ६ लाख र वडातर्फ ३१ लाख ५० पचास हजार खानेपानीतर्फ नगरस्तर तथा शसर्त ३४ लाख ५० हजार र वडातर्फ १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
खेलकुदतर्फ नगरस्तर तथा शसर्त ३३ लाख र वडातर्फ १५ लाख यस्तै, धर्म संस्कृति तथा पर्यटनतर्फ नगरस्तर तथा शसर्त रु. २ करोड ८४ लाख र वडातर्फ ३८ लाख ३५ हजार नगरपालिकाको बजार व्यवस्थापनतर्फ नगरस्तर तथा शसर्त २ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
नगरसभामा नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित उपप्रमुख गान्धी माया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, नगरका अन्य कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।