Logo

टान निर्वाचनका लागि सापकोटा प्यानलको उम्मेदवारसँगै घोषणापत्र सार्वजनिक


 

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि व्यवसायी राजेन्द्रप्रसाद सापकोटा प्यानलले घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा शनिबार एक कार्यक्रममा उम्मेदवारसहित प्यानलले घोषणापत्र सार्वजनिक गरेको हो ।

पदयात्रा व्यवसायको दीर्घकालीन अस्तित्वका लागि हाल कायम रहेका पदमार्गहरूको संरक्षण र नयाँ पदमार्गहरूको निर्माणलाई राष्ट्रिय महत्वको प्राथमिकतामा राख्ने घोषणापत्रमा उल्लेख छ ।

पदयात्रा पर्यटनलाई माध्यमिक शिक्षादेखि नै अध्ययनको विषय बनाउने, स्वदेशमै रोजगारीको अवसर बढाउने, पदयात्रासम्बन्धी अनुमतिपत्रहरूमा लगाइएको १३ प्रतिशत भ्याट फिर्ता गर्न, अब लागू नगर्न सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

टिम्स कार्डबाट भएको आम्दानीलाई पर्वतीय पर्यटन श्रमिकहरूको सामाजिक सुरक्षा, पदमार्गहरूको स्तरोन्नति र पोर्टर सेल्टरहरूको निर्माणमा खर्च गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ ।

यी हुन् उम्मेदवार

राजेन्द्र प्रसाद सापकोटा : अध्यक्ष
कर्मा शेर्पा : वरिष्ठ उपाध्यक्ष
विष्णुप्रसाद लम्साल : प्रथम उपाध्यक्ष
सनम शेर्पा : द्वितीय उपाध्यक्ष
राजेन्द्रप्रसाद सुवेदी : महासचिव
रिन्जी जाङबु शेर्पा : सचिव
गौतमराज वाग्ले : कोषाध्यक्ष
लाक्पा टेम्बा शेर्पा : सहसचिव
सागर राई ( कार्यसमिति सदस्य
सुमन अर्याल : कार्यसमिति सदस्य
राजु गुरुङ : कार्यसमिति सदस्य
दिनेश तिम्सिना : कार्यसमिति सदस्य
विश्व दाहाल : कार्यसमिति सदस्य
भुवनबहादुर खड्का : कार्यसमिति सदस्य
दावा ग्याल्त्सेन लामा : कार्यसमिति सदस्य
छ्याप्ते लामा : कार्यसमिति सदस्य
पवित्रा तामाङ : महिला कार्यसमिति सदस्य

 

 

प्रकाशित मिति : शनिबार, १ भाद्र २०८१ १९:२०
प्रतिक्रिया दिनुहोस्