Logo

रक्षामन्त्री राईले क्षतिग्रस्त माप्य-खुम्बु मितेरी मोटरेवल पुलको निरीक्षण गर्ने


सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले सोलुखुम्बुको दुधकोशी ओर्लाङघाटको माप्य-खुम्बु मितेरी मोटरेवल पुल निरीक्षण गर्ने भएका छन्  । केहि दिन अघि हिम पोखरी फुटेर आएको थामे बाढीले उक्त पुललाई क्षतिग्रस्त बनाएको थियो ।

मन्त्री राईको आफ्नै गाउँ नजिक रहेको उक्त पुलको स्थलगत निरिक्षणका लागि शुक्रबार त्यहाँ पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

मन्त्री राईको सचिवालयका अनुसार त्यसबाहेक दुर्गावक्स गण सुरक्षा गुल्म सल्लेरीको निरीक्षण साथै जिल्लाका कार्यालय प्रमुखहरूसँग भेटघाट गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, १४ भाद्र २०८१ ०४:२०
प्रतिक्रिया दिनुहोस्