Logo

खुम्बु क्षेत्रको सडक खुल्यो, छेउबाससम्म गाडी आवतजावत


सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने एक मात्र सडक सञ्जाल सुचारु भएको छ । बर्षापछि पहिरोका कारण अबरुद्ध सडक एक महिनाको प्रयासपछि अहिले छेउबाससम्मको बाटो पुनः सुचारु भएको गाउँपालिकाले जनाएको छ ।

पहिरो पन्छाउने कार्य सकिएपछि यसअघि काँडेसम्म मात्र संचालनमा रहेको सडक आईतबारबाट छेउबाससम्म सुचारु भएको गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिएका छन् ।

स्वर्गीय ङिम दोर्जी शेर्पा पर्यटन सडकअन्तर्गत मानेडाँडादेखि थामडाँडा हुँदै छेउबाससम्मको सडक खुलेपछि पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।

साथै, छेउबास भीरमा सडक ट्रयाक ओपनको कार्यका लागि ब्लास्टिङको काम समेत निरन्तर जारी रहेकाले छेउबासदेखी पाखेपानीसम्म वैकल्पिक बाटोको प्रयोग गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।

 

प्रकाशित मिति : आईतवार, २० आश्विन २०८१ २०:१०
प्रतिक्रिया दिनुहोस्